झापा ।

झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि साँवाले आफूलाई पुनः सांसद बनाएर यस क्षेत्रको विकास गर्ने अवसर प्रदान गरेकोमा आम मतदाता, शुभेच्छुक, नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै प्रतिबद्धता ब्यक्त गरेका हुन् । 

आफ्नोे पहिलो कार्यकाल पूर्वाधार विकासमा लक्षित रहेको र सोही अनुसार समय र लगानी पनि खर्च भएको अवगत गराउँदै उनले अबको ५ वर्षे कार्यकालमा मानव विकास र पूर्वाधार विकासमा समानान्तर दृष्टिकोण राखेर दुवै क्षेत्रलाई उत्तिकै महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।