झापा ।

 झापाका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा तीनवटा नेकपा एमाले एउटा नेपाली कांग्रेस र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचित भएको छ  । 

गत मंसिर ४ गते भएको निर्वाचनबाट झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा, २ मा नेकपा एमालेका देबराज घिमिरे, ३ मा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन, ४ मा एमालेका लालप्रसाद साँवा लिम्बु र ५ मा केपी शर्मा ओली निर्वाचित भएका हुन् । 

झापा १ मा शर्मासँग नेकपा एमालेका अग्नि खरेल, २ मा घिमिरेसँग स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल, ३ मा लिङ्देनसँग नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, ४ मा साँवासँग नेपाली कांग्रेसका देउमान थेबे र ५ मा ओलीसँग नेपाली कांग्रेसका खगेन्द्रपाण्डव अधिकारी पराजित भएका छन् । 

झापा २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका हरिकुमार राना भने मतको आधारमा तेस्रो स्थानमा मात्र सिमित रहेका छन् । मोओवादी केन्द्रले भने यसपटकको निर्वाचनमा झापाबाट प्रतिनिधिसभामा जित हासिल गर्न सकेन ।