झापा । 

झापा निर्वाचन क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन बिजयी बनेका छन् । नेकपा एमालेसँग चुनावी तालमेल गरेर उम्मेद्वार बनेका लिङ्देनले गठबन्धन तर्फका नेपाली कांगे्रसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । 

लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी सिटौलाले ३७ हजार ३७२ मत ल्याएर पराजित भएका हुन् । आधिकारिक घोषणा भने हुन बाँकी रहेको जनाइएको छ ।