झापा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाईँ प्रदेशसभा सदस्यमा बिजयी भएकी छन् । झापा क्षेत्र नम्बर १ (२) मा एमालेसँग चुनावी तालमेल गरेर प्रदेशसभा सदस्यमा उम्मेद्वार बनेकी बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् ।

बजगाईँले १३ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी लिम्बूले १२ हजार २२४ मत पाएका छन् । निर्वाचित भएको घोषणा हुन भने बाँकी छ ।