सुरुङ्गा । 

झापा क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार शुरुमा अग्रता कायम गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा पुगेको छ । 

बुधवार (आज) बिहान सम्मको मतगणना अनुसार नेपका एमालेका लाप्रसाद साँवा लिम्बुले १३०४४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । साँवा ३०७९ मतले अगाडी रहेका छन् । 

नेपाली कांग्रेसका देउकुमार थेबेले ९९६५ मत प्राप्त गर्दै दोस्रो स्थान कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तर्फका उम्मेद्वार शम्भूप्रसाद ढकालले भने ७५५१ मत प्राप्त गर्दै तेस्रो स्थान कायम गरेका छन् । 

जम्मा ३६२६४ मत गणना हुँदा २३०२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापा ४ मा १२३१२४ मतदाता मध्ये ७९३४९ मत खसेको जनाइएको छ । 

त्यसैगरी बिहान ६ बजेको मत परिणाम अनुसार झापा ४ प्रदेश (१) तर्फ एमालेका राधाकृष्ण खनालले २७६७ मत प्राप्त गर्दा माओवादीका झलकसिंह दर्लामीले २५८२ मत प्राप्त गरेका छन् । प्रदेश(२) तर्फका कांग्रेसका एकराज उप्रेतीले २८३५ मत प्राप्त गर्दा राप्रपाका भक्तिप्रसाद सिटौलाले ४२०७ मत प्राप्त गरेका छन् । 


jhapa 4 16