झापा । 

झापाको क्षेत्र नं. ५ मा ३७८०३ मत गणना भएको छ । पछिल्लो मत गणना परिणाम अनुसार नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार केपी शर्मा ओलीले १८६७१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

ओलीले गठबन्धनका तर्फबाट साझा उम्मेद्वार खगेन्द्र अधिकारीलाई ७७५९ मतलेपछि पार्दै अग्रता कायम गरेका हुन् । गठबन्धनका तर्फबाट उम्मेद्वार अधिकारीले १०९१२ मत प्राप्त गरेर दोस्रो स्थान कायम गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट घण्टी चुनाव चिन्हबाट उम्मेद्वार बनेका सुरेशकुमार पोखरेलले ३७७७ मत प्राप्त गरेका छन् । जम्मा मतदाता संख्या ः १,५४,२८९ रहेका झापा क्षेत्र नम्बर ५ मा १,०२,१५० खसेको छ ।  

jhapa 5 13