अर्जुनधारा । 

झापा क्षेत्र नम्बर– २ मा नेकपा एमालेको अग्रता कायम रहेका छ । पछिल्लो मतगणना परिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा एमालेका देवराज घिमिरे १ हजार १२२ मतले अगाडि रहेका छन् ।

घिमिरेले ७३२८ मत ल्याउँदा उनका निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ६२०६ मत ल्याएका छन् । गठबन्धनबाट साझा उम्मेद्वार बनेका हरिकुमार राना ३५९५ मत ल्याएर तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १९७५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ २(१) मा एमालेका एकराज कार्कीले ४ ८५० मत ल्याउँदा उनका प्रतिष्पर्धी एकीकृत समाजवादीका पुष्पराज पोखरेलले १५५३ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका भक्तबहादुर भुजेलले १०९६ मत प्राप्त गरेका छन् । 

झापा २ प्रदेशसभा (२)मा एमालेका चिन्तन पाठकले ७२३९ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र मैनालीले ५४७३ मत प्राप्त गरेका छन् ।  झापा क्षेत्र नं. २ को कुल मतदाता संख्या १,३४,०९१ मध्ये ८७७२३ मत खसेको छ ।