बिर्तामोड ।
झापा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले शरीर चलायमान र सास रहिन्जेल २ नम्बर क्षेत्रको विकाससँगै जनताको रक्षाको लागि आफू सधैं लागि रहने बताएका छन् ।
बिर्तामोडमा बिहीवार (आज) चुनावी प्रचारप्रसाको अन्तिम दिन आयोजित कोणसभा तथा घरदैलो कार्यक्रममा प्रेसरले हानेको र सुगर भएपनि नगलाएको व्यक्ति भएको हुनाले जनताको सेवा गर्न जस्तोसुकै कार्यमा पनि लागि पर्ने बताए ।
पटक–पटक जनताबाट निर्वाचित हुँदै जनताको काम र विकास निर्माणमा यो शरीर लागि पर्ने बताउँदै मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट आफू जनताको कारिन्दार हुन आएको बताए ।
उनले विकास, जनताको सुरक्षा र हरेक क्षेत्रको उत्पीडनको अन्त्यको लागि हसिया हथौडामा मत दिनुहुनेछ भन्ने आशा लिएको बताए ।
यसरी नै कार्यक्रममा प्रदेश ‘ख’ का उम्मेद्वार खगेन्द्र मैनालीले गठबन्धनका उम्मेद्वारले विजयी हासिल गरे कम्युनिष्टले सञ्चालन गरेको क्रियाकलापलाई परिवर्तन गर्दै जनताको हरेक क्षेत्रको आमूल परिवर्तन ल्याउने बताए ।
अर्का उम्मेद्वार पुष्प पोखरेलले विकासलाई गुमराहमा राखि पार्टीभित्रको गुटबन्दिमै एमाले अल्झिएको हुँदा गठबन्धनबाट विकासको मुहार फेर्न जनतामाझ आएको बताए ।