बिर्तामोड ।
झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोडबाट खुदुनाबारी जोड्ने बाटोमा पर्ने बिरिङ खोलाको पूल पाँच वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्वता जनाएका छन् ।
एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले राजनीतिको ऐतिहासिक क्षेत्र सुखानी जोड्ने बाटोमा पर्ने पूल जिर्ण रहेकाले त्यसको निर्माणमा आफ्नो भूमिका रहने बताएका हुन् ।
घिमिरेले अब मंसिर ४ पछि एमालेको सरकार आएपछि ती अधुरा रहेका कामले निरन्तरता पाउने र अर्जुनधारा नगरपालिकाको मुहार फेर्नमा आफुले निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवद्वता जनाए ।
नेता घिमिरेले नेकपा एमालेले घोषणा पत्र मार्फत ल्याएका बिकास निर्माणका कामहरु पूर्ण रुपमा पालना हुने समेत बताए । एमालेले अब जनताको भोटबाट बहुमत पाउने र पाँच वर्षमा देशले नै मुहार फेर्ने समेत उनको भनाई छ ।