झापा ।
आम निर्वाचन नजिकिदै गएर प्रचार–प्रसारको समयावधि छोटिदै गएपछि राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीब्र पारेका छ्न् । मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्यका लागि हुने निर्वाचनको प्रचार–प्रसार १ गते राती १२ बजेसम्म मात्र पाइने भएपछी गठबन्धनका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्र पारेका हुन् ।
सो क्रममा झापा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिश्वप्रकाश शर्मा, प्रदेशसभा १ का उम्मेदवार गोपाल तामाङ, प्रदेशसभा २ का उम्मेदवार श्यामबिर लिम्बुले प्रचार अभियान अन्तरगत घरदैलो कार्यक्रम सप्पन्न गरेका छ्न् । सो क्रममा बुद्धशान्ति गाउपालिकाको ४,५,६ र ७ मा घरदैलो अभियानमार्फत मतदाताका घर–घरमा पुगेर मत मागेका हुन् ।
झापा क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार राना, प्रदेशसभा १ का उम्मेदवार पुस्प पोखरेल र प्रदेशसभा २ का उम्मेदवार खगेन्द्र मैनालीसहित गठबन्धनका कार्यकर्ताले अर्जुनधारा नगरपालिका–७ र बिर्तामोड नगरपालिका–७ मा घरदैलो अभियान सम्पन्न गरेका छ्न् ।
त्यसैगरी झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला, प्रदेशसभा १ का उम्मेदवार भुमिप्रसाद राजबंशी, प्रदेशसभाण्२ का उम्मेदवार पूर्णसिंह राजबसीसहित नेता कार्यकर्ताको टोलीले भद्रपुर–२ मा घरदैलो अभियान सम्पन्न गरेका छ्न् ।
यता झापा क्षेत्र नम्बर–४ अन्तरगत महाभारा, कोरोबारी र शिवसतासी–८ को थेचम्बु चोक आसपासमा घरदैलो अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउकुमार थेबे, प्रदेशसभा १ का उम्मेदवार झलकसिह दर्लामी सन्देश, प्रदेशसभा २ का उम्मेदवार एकराज उप्रेतीसहित कार्यकर्याको टोलीले सो क्षेत्रमा प्रचार अभियान सम्पन्न गरेको हो ।
त्यस्तै झापा क्षेत्र नम्बर-५ को गौरीगन्ज–३,५ र ६ नम्बर वडा एवं दमक नगरपालिकाको ८ र १० मा घरदैलो एवं कोणसभा सप्पन्न भएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. खगेन्द्रपाण्डब अधिकारी, प्रदेशसभा–१ का उम्मेदवार जेवनकुमार राई, प्रदेशसभा २ का उम्मेदवार रेवतराज पुरी गगनसहित कार्यकर्ताको टोलीले मतदाताको घरदैलोमा पुगेर मत मागेको जनाएको छ ।