मेचीनगर । 

संघर्षका पर्याय श्यामविर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् । गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं। १ ९ख० मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन् ।

बुवा कर्णबहादुर लिम्बू र आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामविर बुद्धशान्ति–४, झापाका स्थानीय बासिन्दा हुन् । लामो समय माओवादी आन्दोलनको अग्रमोर्चामा बसेर समाज र देश परिवर्तनका लागि उनले संघर्ष गरेका छन् ।

पारिवारिक स्वार्थभन्दा माथि उठेर जनताको शासन ल्याउन उनको ठूलो भूमिका रह्यो । आज तिनै श्यामविर जस्ता होनाहार युवाको संघर्षबाट मुलुकले संघीयता प्राप्त गरेको छ । त्यति मात्रै होइन, सबै समुदायको समान, समावेशी र समानुपातिक अधिकारसहित पहिचान स्थापित गराए । 

युवा अवस्थामै श्यामविर संघर्षको मैदानमा ठिङ्ग उभिए । दलाल, सामन्तवादलाई सदाका लागि अन्त्य गर्न जीवनको कुनै पर्वाह नगरी परिवर्तनका लागि होमिएका श्यामविरले कुनै पद र लोलुपताका पछाडि नलागेका एक निष्कलंक युवाको छवि बनाएका छन् ।

२०५४ सालमा नेकपा एमाले पार्टीमा आवद्ध उनी वि।सं। २०५७ सालदेखि नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ साल भदौमा जनमुक्ति सेनामा आबद्ध हँुदै पार्टीले उनलाई २०६६ सालमा बिग्रेड स–कमाण्डर जस्तो जिम्मेवारी प्रदान गर्यो ।

शान्ति सम्झौता पछि माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएसँगै श्यामविर सक्रिय राजनीतितिर लागे । जनमुक्ति सेनाबाट उनले स्वेच्छिक अवकास लिए । परिवर्तनको संघर्षमा होमिएका उनी अहिले माओवादी केन्द्र प्रदेश १ को सचिवालय सदस्य छन् । 

जनयुद्धकालमा घाइते योद्धा श्यामविरका शरीरमा अझै पनि बमका छर्राहरु छन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश विकासका निम्ति संघर्ष गरेका उनीसँग आज न सम्पत्ति छ, नत सग्लो शरीर । छ केवल विचार, सिद्धान्त र भिजन । उनै श्यामविर लिम्बू उम्मेद्वार बनेर समाज बदल्न खोजिरहेका छन् ।

उनी भन्छन्, ‘हिजो मैले सामन्तवादविरुद्ध आवाज उठाएँ । अब म समाज परिवर्तनका लागि आवाज उठाउनेछु । त्यसका लागि क्षेत्र ९ख० का सम्पूर्ण मतदातासमक्ष विनम्र अनुरोध गर्दछु कि, गोलाकार भित्र हँसिया हतौडा चुनाव चिन्हमा मत दिई विजयी गराएर समाज हितका निमित्त काम गर्ने अवसर दिनुहोला ।’