शिवसताक्षी ।

 झलकसिंह दर्लामी मगर प्रदेश नं. १ का परिचित नाम हो । प्रदेश १ प्रदेशसभामा पछिल्लो ९ महिनादेखि कृषि  मन्त्रालयको जिम्मेवारी लिएका छ्न् । उनले आफ्नो भूमिका जिम्मेवारी र जवाफदेहीका साथ पूरा गरेका थिए । 

घोषणपत्रमा अनेक सपना देखाउने, आश्वासन दिने र विकासको ग्यारेन्टी गर्ने चलन छ । चुनावपछि सबै बिर्सने नेपाली नेताहरुका बानी नै हो । तर, दर्लामीले यथार्थ र सत्य कुरा मात्र गर्ने र आफ्ना कुरामा अडिग रहने गरेको देखिन्छ । अचम्म त के छ भने उनलाई आफ्नो क्षेत्रका ११ बटा वडाहरुको वास्तविकताहरु कण्ठस्त हुन्छ र आफ्ना योजनाहरुमा प्राथिमकतामा राखेको देखिन्छ ।

सताशी अध्यायन केन्द्रको सामुदायिक भवन, झिलझिले, शुक्रबारे, सिबगन्ज, कोरोबारी, बैगुनधुराको  सामुदायिक भवन, ५५ किलोमिटर कालोपत्र बाटो, बिद्यालयहरुमा भवन, २ किलो वाटको सोलार, खानेपानी, आइ सि टि, अस्पताल, हाटबजारको पुनर्निर्माण सताक्षिधाम मन्दिरको बिकास र धर्मशालानिर्माण, दुधे, शिबगन्ज, फुलबारी, महाभारा खेलमैदान, कमल, सताक्षी, दुधे,  झिलझिले, कमल बनियानी कनकाई खोलामा तटबन्ध, बिपन्नलाई पर्यटन प्रबर्द्धन आवास जस्ता आवश्यकताहरु आफैले बुझेर व्यवस्थापन गर्ने दर्लामी  ‘विकास बाँड्ने’ अभिभावकका रुपमा चिनिने गरिन्छ ।

चुनाव अगाडि जनतासामु लम्पसार पर्ने, खुट्टा ढोग्ने अनि चुनावपछि  ‘बाल–मतलव’ गर्ने राजनीतिक संस्कार छ । चुनावपछि पनि दर्लामीले झापा र उनको निर्वाचन क्षेत्र  छाडेनन् । जनताका सुखदुख, जन्ममृत्यु, विवाह–ब्रतबन्ध आदि सामाजिक कार्यमा सरिक भई अभिभावकत्व देखाउने झलकले  मात्र आफ्ना सम्झेनन् बरु सबैको साथमा रहे र सकेको सहयोग गरे ।

पछिल्लो चरणमा नेताहरुले कुर्सी र पावरको दुरुपयोग गर्दै भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने गरेका छन् । यस कार्यमा पनि ‘क्लिन’ रहेका झलकसिंह दर्लामिले राज्यकोष दुरुपयोग गरेको तथा संघ–संस्थाहरुमा गलत तरिकाले आफ्ना भाइभारदार, भरौटेहरुलाई जागिर दिएका छैनन्  । त्यसैले दर्लामीसँग चुनावमा बाँड्ने पैसा नहोला, तर विकासप्रेमी जनताको साथ, गरिबको माया अनि अग्रजको आर्शिवाद अवश्य छ । दर्लामीसँग विकासका योजना र जनताप्रतिको जवाफदेहिता र जिम्मेवारी बोध छ ।