विर्तामोड ।
मंसिर ४ गते हुने आम निर्वाचनमा लोकतान्त्रिक– बाम गठबन्धन संयुक्त संयन्त्रबाट मतदान केन्द्रमा खटिने एजेन्टहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर–२ प्रदेशसभा २ मा खटिने एजेन्टहरुलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा अर्जुन पाण्डे र अधिबक्ता अर्जुन अधिकारीले निर्वाचन प्रतिनिधि सम्बन्धि ब्यवस्था, मतदान केन्द्र परिसरमा पालना गर्नुपर्ने आचारसंहिता लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
अशक्त, अपाङ्गता भएका ब्यक्ति, बृद्धअवस्थाका ब्यक्तिको हकमा मतदानको ब्यवस्था लगायतका बिषयमा भएको कानुनी ब्यवस्था, पर्यवेक्षक, प्रेस, निर्वाचनमा खटिएका कर्मचारी लगायतले पालना गर्नुपर्ने आचारसंहिता एवं कानुनी ब्यवस्था लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।
झापाको क्षेत्र नम्बर– २ अन्तरगत प्रदेशसभा ख मा ३० वटा निर्वाचन स्थल छन भने ८६ वटा निर्वाचन केन्द्र रहेका छन । यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ प्रदेससभा क अन्तरगत १९ वटा निर्वाचन स्थल र ६६ वटा निर्वाचन केन्द्र रहेका छन । यी मतदान केन्द्रमा एउटा दलबाट लगभग १५२ जना एजेन्ट खटाइने छ्न् ।