बिर्तामोड ।
झापाको बाह्रदशीमा नेकपा (माओवादी केन्द्र) का प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले सामूहिक राजीमाना दिएका छन् । निर्वाचनको मिति नजिक आइरहेको बेला ठुलो संख्यामा माओवादीका नेता कार्यकर्ताले दिएको सामूहिक राजीनामाले गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।
जनयुद्धकाल देखि सक्रिय नेता कार्यकर्ताहरुले पार्टीमा इमान्दारी पूर्वक जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउँदै पार्टी गन्तब्य र सिद्धान्त भुलेर अघि बढेको कारण सामूहिक राजीनामा दिएको बताएका छन् ।
माओवादी पार्टीबाट देशले केहि पाउन नसक्ने र जनताको भविष्य समेत सुरिक्षत हुन नसक्ने निकर्षसहित राजीनामा दिएको उनीहरुको भनाई छ । बाह्रदशी गाउँपालिका वडा नं. ४ र ५ का १३४ जना माओवादी नेता कार्यकताले राजीनामा दिदैं माओवादी पार्टीले जनतामाझ गरेका प्रतिबद्धतालाई कुल्चिएर अघि बढिरहेको जिल्ला सदस्य कृष्ण मोहन गौतमले जानकारी दिए ।
माओवादी आफ्नै कारणले विलयको अवस्थामा पुगिसकेको उनीहरुको निष्कर्ष रहेको छ ।