बिर्तामोड ।
राजनीतिक क्षेत्रमा भएको बेथिति र भष्ट्राचार अन्त्य गर्ने उदेश्यका साथ झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दिएका रुद्रप्रसाद गिरीले मतदाता भेटघाट र घरदैलो अभियानलाई तिब्र पार्दै आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हबाट उम्मेद्वार बनेका पर्यावरणविद्समेत रहेका गिरीले चुनावी प्रचारप्रसारलाई सशक्त रुपमा अघि बढाउँदै आएका छन् ।
जीवनको ३३ वर्ष अध्ययन तथा अनुसन्धानमा खर्चेका उम्मेद्वार गिरीसँग हाल देशमा राजनीतिक क्षेत्रमा भएको बिकृति र भष्ट्राचारलाई अन्त्य गरेर राम्रो र सुन्दर देश बनाउने भिजन रहेको बताउँछन् ।
मुलुकमा राजनैतिक नेतृत्वको असक्षमताका कारण दिनानुदिन जर्जरता तिर गइरहेको बताउँदै मातृभुमीको रक्षाका लागि आफ्नो सकृयता खाँचो भएको उनले बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वार बनेकाहरु सवै उम्मेद्वार बिज्ञ, योग्य र सक्षम रहेकाले उनीहरुको जितले नै देशको भविश्य सुन्दर निर्धारण गर्ने बताए ।
हिमाल, पहाड, तराई सर्वच्वो शिखर सगरमाथा, बिभिन्न हिम चुचुरा, पहाडी भागहरु विश्वमै उत्कृष्ट भएपनि अन्य देशले नेपाललाई गौरबका रुपमा नहेरेको उनले बताए । उनले आफुले जिते देशका गौरबका विषयहरुलाई विश्वमा परिचित गराउँदै देशको समृद्धिका लागि पर्ने बताउँदै आएका छन् । ‘विश्वको नजरमा नेपाललाई एउटा सुन्दर देश बनाएर चिनाउने मेरो सपना छ ।’ उम्मेद्वार गिरीले भने ।