झापा ।
पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता एलबी पालुङ्वाले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् । ‘माहुरी’ चुनाव लिएर स्वतन्त्र उम्मेद्वार बनेका पालुङ्वाले निर्वाचन मिति नजिकिएसँगै घरदैलो तथा मतदाता भेटघाटलाई तिब्रता दिएका हुन् ।
नेता पालुङ्वाले चुनावी प्रचारप्रसारका क्रममा मौवा, हाङ्गुम, दुर्दिम्बा, ६ नं बुधबारे, लिम्बा, चिसोपानी पञ्चमी लगायतका स्थानमा पुगेर स्वतन्त्र उम्मेदवारको ‘माहुरी’ चुनाव चिन्हमा मतदान गर्न सम्पूर्णमा आग्रह गर्दै आएका छन् । राजनीतिक दलहरुले जनताको कुराहरु सम्रग हिसावमा नउठाएका कारण उनको उम्मेद्वारी रहेको बताउँदै आएका छन् ।
नेता पालुङ्वाले राजनीतिक दलभित्र युवा शक्तिलाई नेतृत्व विकास गर्न नदिएको साथै शक्ति सत्ताको लागि कृत्रिम गठबन्धन गरेर जनताको कुरा उठाउन नसकेका कारण पुराना दल भन्दा स्वतन्त्र उम्मेद्वार आफुप्रति मतदाताहरु उत्साही भएको बताएका छन् । दलहरुले काम गर्न नसकेकै कारण आफु युवा र विकास गर्न सक्ने सक्षम भएकाले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ ।
निर्वाचनमा जित हासिल गर्न सके गाउँगाउँमा शिक्षा र स्वास्थ्य पहुँच पुर्याएर बसाई सराईमा कमी ल्याउने प्रतिवद्धता समेत गरेका छन् ।