दमक ।
नेकपा एमालेको विजय यात्रालाई शशक्त बनाउन दमकका तीन व्यक्तित्व सक्रिय भएका छन् । दमकका चीरपरिचित नाम घनेन्द्र सुब्बा, छत्र राई र तेजस्वी थेबे सक्रिय बनेका हुन्।
घनेन्द्र सुब्बा दमकका पूराना र प्रभावशाली राजनीतिक कार्यकर्ता हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा क्षेत्र नम्बर ५ (ख) का उम्मेदवार होमबहादुर थापाको उपस्थितिमा घनेन्द्रले नेकपा एमालेलाई केन्द्र र प्रदेशमा जिताउन आफूले निर्णायक भूमिका निर्वाह गर्ने बताए ।
केपी ओलीको निवासमा आयोजित जमघटमा छत्र राईले नेकपा एमालेमा क्रियाशील हुन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । केही दशक बैंकिङ क्षेत्रमा बिताउनुभएका राईले केन्द्रमा केपी ओली र प्रदेशमा होमबहादुर थापालाई जिताउन आफ्नो भूमिका देखाउने बताए ।
जमघटमा समाजसेवी तथा प्रभावशाली राजनीतिकर्मी तेजस्वी थेबेले झापामा नेकपा एमालेको विकल्प नरहेको बताए । आफ्नो नशानशामा एमाले रहेको भन्दै उनले दमकको विकासका लागि केपी ओली र होमबहादुर थापालाई जिताउन आवश्यक रहेको बताए । दुई उम्मेदवारलाई जिताउन आफूले ठूलो जिम्मेवारी बहन गर्ने पनि उउनको भनाई छ ।


















