झापा । 

चुनावी अभियानका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा आएका छन् । झापा आइपुगेका नेता ओलीले झापा निर्वाचन क्षेत्र २ स्थित शनिश्चरेको शहिद सुखानी पार्कमा उम्मेद्वार तथा नेता र कार्यकर्तालाई सम्बोधन गरेका छन् ।

चुनावीसभालाई सम्बोधन गर्दै झापा क्षेत्र नं. २ बाट उम्मेद्वार  बनेका देवराज घिमिरेलाई झापा २ का हर घर र हर ढोकाले चिनेको बताएका छन् ।  

 उम्मेदवार घिमिरे झापा २ को बिकास र समृद्धिका बारेमा सधै चिन्तित हुने भन्दै ओलीले  यसघिको राजनैतिक सक्रियताका कारणले गर्दा मतदाताको मनमा बसेको ब्यक्ति भएकोले घर घर गएर भोट मागी रहनु नपर्ने बताएका छन् । 

 घिमिरेको राजनीतिक संघर्ष स्मरण गर्दै ओलीले त्यागी, सादगि नेता, सधै अरुलाई चुनाव जिताउने नेता अब संसदमा पुग्नुपर्छ र यस क्षेत्रका नागरिकको आवाज उनले बन्नु पर्ने भनाई थियो । 

ओलीले घिमिरेको इमान्दारीताको प्रशंसा किसानको कष्ट, मजदुरको मर्म, ब्यापारीको ब्याथा, बिद्यार्थीको बिचार घिमिरेले मसिनोसँग  बुझेको भएकाले संसदमा पुर्याउनै पर्ने ओलीको भनाई थियो । उनले एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रहसमेत गरेका थिए ।