झापा । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वार बनेका रुद्रप्रसाद  गिरीले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् । 

चुनाव चिन्ह घण्टीबाट झापा २ को उम्मेद्वार बनेका पर्यावरणविद् समेत रहेका गिरी मतदाताको घर–घरमा पुगेर भोट माग्दै चुनावी प्रचारप्रसारलाई तिब्र बनाउँदै आएका छन् । चुनावी प्रचारप्रसारका क्रममा मतदाताको माया र उत्साहका कारण थप हौसला मिलेको गिरीको भनाई छ । 

निर्वाचन क्षेत्रमा संसद सदस्य सचिवालय राखिने, बन तथा वस्ती पर्यापर्यटन, रोजगारको लागि तालिम परियोजना, एकीकृत खोज अनुसन्धानशाला, पर्यावरणीय स्मार्ट सिटी तथा भिलेज परियोजनासहितका प्रतिवद्धतासहित गिरीले उम्मेद्वारी दिएका हुन् । 

उम्मेद्वार गिरीले देश विकासका लागि भन्दा पनि आफ्नो फाइदाको लागि मात्र राजनीतिक भएको बताउँदै त्यो प्रबृति अन्त्यका लागि पनि आफु राजनीतिकमा आएको बताएका छन् । इकोलोजी सिस्टम एनालाइजरमा मास्टर्स डिग्रीको समेत उच्च शिक्षा हासिल गरिसकेका गिरीले देशलाई तीन करोड नेपाली र साढे ७ अरव मान्छेको आँखाको नानी बनाउने उदेश्यले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको बताए । ‘राजनीतिमा भाषण र सिद्धान्त थुपारेर देश समृद्धिमा जादैन’ उम्मेद्वा गिरीले भने ‘त्यसका लागि बिज्ञ र ज्ञाताको आवश्यक छ ।’ उनले त्यस्ता ज्ञाता र बिज्ञको फोरम राष्ट्रिय स्वतन्त्र पार्टी भएको बताएका छन् । 

जान्नेलाई छान्ने एजेण्डासहित निर्वाचनमा पार्टीले शिक्षित तथा योग्य झापाका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेशकुमार खरेलले बताएका छन् । मतदातालाई यो गर्ने, त्यो गर्ने भनेर आश देखाउने भन्दा पनि भष्ट्राचार र बेथितिको अन्त्य नै विकासको लहर भएको उनको भनाई छ ।  उनले मतदाताहरु पुराना राजनीतिक दलबाट अघाएकाले नयाँको खोजीमा भेटिएको उनले बताए । 

rudra giri