सुरुङ्गा ।
झापा क्षेत्र नम्बर ४ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्धार देउमान थेबेले आफुलाई उक्त क्षेत्रका सबै समस्याहरुका वारेमा जानकार भएकोले निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधानका लागि प्राथमिकताका आधारमा लागिपर्ने बताएका छन् ।
झापा सुरुङ्गास्थित जुकेकल्भटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थेबेले त्यहाँको विकास र उन्नति कसरी गर्नुपर्छ आफुलाई राम्रोसँग थाहा भएको बर्ताका हुन् ।
‘बाटाहरुलाई कसरी स्तर उन्नति र पिच गर्नुपर्छ’, उनले भने ‘शिक्षण संस्था र स्वास्थ्यका समस्याहरु के कस्ता रहेका छनर राम्ररी थाहा छ ।’ थेबेले जनताले आफुलाई समस्याका वारेमा जानकारी नगराईकन सिलसिलेवर रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘यी र यस्ता समस्याहरु मैलेपनि भोगिरहेको हुँदा समस्या सुन्नेलाई भन्दा आफै भोग्नेलाई सबै समस्याहरुको वारेमा वढी जानकारी हुन्छु ।’ थेबेले भने । प्रदेशसभा सदस्यका उम्मेद्धार एकराज उप्रेती समेत उपस्थित चुनावी सभामा थेबेले उक्त क्षेत्रका दुबैजना उम्मेद्धारहरु यसअघिको निर्वाचनमा पराजित भएर पनि जनताको समस्यामा मुक दर्शक नभएको भन्दै यसपटक यस क्षेत्रका जनताले दुबैजनालाई मत दिएर न्याय दिने विश्वास रहेको समेत थेबेको भनाई थियो । विकास निर्माणको पद्धतिलाई अगाडि वढाउनका लागि आफुहरु दलहरुको प्रतिनिधिका रुपमा आफुहरु निर्वाचनमा आएको भन्दै गाउँ ठाउँको समस्याका वारेमा आफुहरु मात्रै जानकार भएको थेबेले बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले गठबन्धनका उम्मेद्धार विकास गर्नका लागि घरदैलोमा आएको भन्दै आफुहरु निर्वाचन हुँदा वोलेका कुराहरु सबै पुरा गर्ने र नहुने कुराहरु नवोल्ने वताए ।
नेपाली कांग्रेस कनकाई १ का अध्यक्ष मनोज बस्नेतको सभापतित्व तथा कांग्रेस नगर सभापति दुर्गा प्रसाईको सञ्ंचालनमा गरेको कार्यक्रममा स्थानीय समस्याका वारेमा सुर्य थापाले जानकारी गराएका थिए ।