बिर्तामोड । 

चुनावी प्रचार प्रसारका क्रममा झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले बिर्तामोडमा आफ्ना कार्यकर्ता र समर्थकलाई सम्बोधन गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका लामिछानेले आफ्ना पार्टीका उम्मेद्वार तथा समर्थकलाई शुक्रवार (आज) बिर्तामोडमा सम्बोधन गरेका हुन् । 

बिर्तामोड ३ बजे आउने भनिए पनि ४ घण्टापछि लामिछाने करिब साँझ ७ उपस्थित भएका थिए । बिर्तामोड आइपुग्नु पूर्व झापाको दमक, दूधे, सुरुङ्गा, धुलाबारीपछि मात्र बिर्तामोड आएका थिए ।

साँझमा आएका उनले छोटो सम्बोधन गर्दै झापा २ बाट प्रतिनिधिसभा सदस्य पदका प्रत्येक उम्मेद्वार रुद्रप्रसाद गिरी र समानुपातिक तर्फका उम्मेद्वार निशा डाँगी, मनोज राजबंशी, रुपा लावती, इन्दिरा राना मगरलाई अत्याधिक मतले बिजयी गराउन आग्रह गरेका थिए । ravi