झापा । 

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन् । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद दिएका छन् । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सदभाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए । 

राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निवाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताए । नेपालको छिमेकी देशको नाताले निवाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वागत आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शमा पौडेलले प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले यसअघि पनि विभिन्न महत्वपूर्ण निर्वाचनमा भारत सरकारले सहयोग गर्दै आएकोसमेत स्मरण गराएका थिए । 

कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकणमणि दुवाडीसमेतको उपस्थिति रहेको निर्वाचन आयोगको वेब साइटमा उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ । 

aayog sawari sadhan