शिवसताक्षी । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको राजनीतिक पार्टीको तर्फबाट झापा क्षेत्र नं ४ अन्तगत शिबसताक्षी नगरले आफ्ना गठबन्धनका उम्मेद्बारलाई बिजय गराउन लाग्न गठबन्धनका वडा समितिलाई निर्देशन गरेको छ । 

बिहीवार (आज) नगरका वडाका निर्वाचन परिचालन समितिलाई विशेष निर्देशनसहित पार्टीका प्रचार प्रसारका सामाग्री हस्तान्तरणसहित टोल–टोलमा जान समेत आग्रह गरेको छ्न् । 

कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नगर सभापति अशोक बस्नेतले संविधान, सघियता, र समृद्धिको यात्रा तय गर्न गठबन्धनलाई बिजय गराउन लागि पर्न अनुरोध गरे । नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष महेन्द्र भट्टराईले जनताको घरमा गई भोट माग्न अनुरोध गर्दै हरेक निर्वाचनमा २०० युवाहरूलाई परिचालन गर्ने बताए । 

निर्वाचन परिचालन समितिका संयोजक तथा सह–संयोजकले भूगोलको रिपोर्ट गरेको कार्यक्रमको सञ्चालन होम दुलालले गरेको थिए ।