बिर्तामोड ।
लोकतान्त्रिक–बाम गठबन्धनले झापा क्षेत्र नम्बर २ मा दोस्रो चरणको प्रचारप्रसार अभियान शुरु गरेको छ । कात्तिक १७ गते विहानबाट गठबन्धनले प्रचार अभियान शुरु गरेको हो ।
दोस्रो चरणको प्रचारप्रसार अभियान बिहीबार विहानबाट शुरु भएको निर्वाचन प्रचारप्रसार समितिका सहसंयोजक तीर्थ सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार बिहीबार विहान साढे सातमा प्रदेशसभा तर्फ अर्जुनधाराको लक्ष्मीपुर चोक र प्रतिनिधिसभाको कनकाई ८ र ९ मा घरदैलो तथा कोणसभा आयोजना गरेर अभियान शुरु गरिएको हो । निर्वाचन आयोगले कात्तिक १७ गते अघि कोणसभा नगर्न तथा २५ जना भन्दा बढीको उपस्थितीमा घरदैलोसमेत नगर्न भनेपछि गठबन्धनले यस अघि घरदैलो कार्यक्रम गर्दै आएको थियो ।
गठबन्धनले क्षेत्र नम्बर २ का २५ वटै वडामा घरदैलो तथा कोणसभा आयोजना गर्ने प्रचारप्रसार समिति संयोजक कृष्ण हुमागाईले जानकारी दिए । १७ गतेबाट शुरु भएको कार्यक्रम मंसिर २ गतेसम्म नियमित सञ्चालन हुने उनले बताए ।
गठबन्धनले घरदैलो, कोणसभासँगै विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रियासमेत गर्दै जाने जिल्ला सम्यन्त्रका सचिव राजु आचार्य ९अग्नि०ले बताए । कार्यक्रममा उम्मेदवारसँग तीनवटै पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागी हुने बताइएको छ ।