सुरुङ्गा ।
नेपाली कांग्रेस झापाका सभापति एवम् गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले जनताको जनमत जितिसके पछाडि आफ्नो सम्पूर्ण समय जनताका सामु गरेका प्रतिवद्धतालाई पुरा गर्न र विकासका लागि खर्चने बताएका छन् ।
झापाको कनकाई नगरपालिका २ को धनुषकोटी धाममा गठबन्धनका उम्मेद्धारद्धारा आयोजित प्रचारसभालाई सम्बोधन गर्दै नेता थेबेले आफुले जनतासामु पुरै गर्न नसक्ने प्रतिवद्धता नगर्ने तर जुन जुन प्रतिवद्धता गरिन्छ ती क्रमश पुरा गरेर छाडने बताएका हुन् ।
आफु यसअघि निर्वाचनमा पराजित भएर पनि निर्वाचित जनप्रतिनिधिको भन्दा वढी काम गरेको दावी गर्दै आफ्नो पहलमा करोडौको बजेट यस क्षेत्रका विद्यालयमा आएको, धनुषकोटीधाम बग्नबाट वचाएको, सन्काह खोला किनाराको सुधिरमार्गलाई ५० लाख बजेट निनियोजन गर्न समन्वय गरेको बताए । ‘संयोगले आफ्नो परम मित्रनै विषयगत मन्त्री समेत बनेको मौका पारेर मैले काम गर्ने मौका पाए’ उम्मेद्वार थेवेले भने ‘यी सबै काम मैले निर्वाचन हार्दा पनि गरेको छु, यदि तपाईहरुले मलाई निर्वाचन जिताउनुभयो भने म मेरो क्षेत्रमा विकासको मुल फुटाउँछु’
सन्थालहरु बसेकोमा आरिस गर्नेहरुले केके विगार गरेका छन हामीले हिसाब किन नखोज्ने नेता थेबेको भनाई थियो । कार्यक्रममा माओवादी केन्द्रका समानुपातिक उम्मेद्धार बिजय साम्पाङ्ग र प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेतीले समेत दिर्घकालिन विकास र सरकार निर्माणका लागि आफ्नो टिमलाई भोट हाल्न आग्रह गरे ।