शिवसताक्षी । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको राजनीतिक पार्टीको तर्फबाट झापा क्षेत्र नं ४ (१) प्रदेशसभा सदस्यका साझा उम्मेदवार झलकसिंह दर्लामीले मंगलबार (आज) शिबसताक्षी वडा नं ४ को जनता बजारमा प्रदेश निर्वाचन क्षेत्रको सम्पर्क कार्यालय उद्घाटन गरेको छ्न्।

सम्पर्क कार्यालयको उद्घाटन पछि बोल्दै उक्त क्षेत्रको बिकासको लागि गठबन्धनलाई बिजय गराउन अनुरोध पनि गरे । हिजो ब्यवस्था परिवर्तन गर्न लागि परेको स्मरण गर्दै अब जनताको अवस्था परिवर्तनमा लाग्ने पनि उनको भनाई थियो । उनले हिजो अवसर पाउँदा पनि काम गर्न नसक्नेहरु फेरि पनि ढाट्न आएकाले सचेत हुन आग्रह गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका नेता भक्ति सिटौलाले पटक–पटक ससद विघटन गर्नेलाई किन भोट दिने? भन्दै प्रतिप्रश्न गर्दै भ्रष्टाचार मात्रै गर्न पल्केका ओली कम्पनीले देशलाई समृद्धिमा लान नसक्ने पनि ठोकुवा गरे । उनले गठबन्धनलाई भोट हाल्न आग्रहसमेत गरेका छन् । 

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश  सचिवालय सदस्य कल्पना कार्की, रामबहादुर राई नेपाली कांग्रेसका प्रदेश सदस्य किरण भट्टराई, महाधिबेशन प्रतिनिधि पर्शुराम ढुंगाना, चन्द्रमणि नेपाल प्रदेश १ का सचिव निरोज दुलाल गठबन्धनका नेता महेश दुलाल, पदम थापा, मिलन ढुंगाना, दुर्गा नेम्वाङ, कचाली ताजपुरिया  होम दुलाल लगायतको उपस्थित रहेको थियो । 

कार्यक्रमको अध्यक्षता निर्वाचन परिचालन समितिका नगर संयोजक अशोक बस्नेत र सञ्चालन सह–संयोजक महेन्द्र भट्टराईले गरेको गरेका थिए ।