झापा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा लक्षित घोषणा पत्र सार्वजनिक गरको छ । घोषणा पत्रमा राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ ।

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ ।

पूर्ण समानुपातिक संसद हुनुपर्ने राप्रपाको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने पनि उसले बताएको छ ।