झापा । 

नेकपा एमाले परित्याग गरेर झापा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता डम्बरबहादुर गिरीले जित सुनिश्चित भएको दावी गरेका छन् । एमालेको सिङ्गो सहयोग प्राप्त गरेको बताउँदै आफुले जित्ने धेरै आधारहरु रहेको गिरीले बताएका छन् । 

‘निर्वाचन जित्ने कुरामा दुविधा छैन’ उम्मेद्वार गिरीले भने ‘म झापा ३ मा  अपरिचत व्यक्ति होइन ।’ चुनावको वेला हावाहुरी आए जसरी नआएकोले चुनाव जित्नेमा दुविधा नरहेको उनको भनाई छ । 

उनले हल्दिबारी गाउँपालिकाको ५ बर्षसम्म उपाध्यक्ष पदमा रहेर विकासको सम्पूर्ण कार्य नेतृत्व गरेको बताउँदै मतदाताले झापा क्षेत्र नं. ३ मा  नयाँ व्यक्तिको खोजी गरिरहेकाले पनि आफुले जित्ने सम्भावना रहेको बताए । 

जितेर जाँदा काम गर्न सक्ने युवा भएकाले मतदाता आफ्नो पक्षमा भएको उनले बताए । ‘नेकपा एमालेसँग म आफू नै उम्मेदवार भन्दा पनि सूर्य चिन्हमा भोट हाल्ने वातावरण बनाउन अनुरोध गरेको थिए’ गिरीले भने ‘ तर उक्त माग पुरा नभएपछि आफै उम्मेदवारी दिएको हुँ ।’

झापा ३ का जिम्मेवार ब्यक्तिसँग छलफल गरेर उम्मेद्वारी दिएको उनले बताए । असन्तुष्टि पक्षको सहयोग र मतदाताले नयाँ अनुहार खोजि गरिरहेकाले पनि जित निश्चित भएको उनको भनाई छ । 

damber giri