झापा । 

स्वस्थ, शिक्षित, सभ्य, समृद्ध र सुन्दर पाँचथर बनाउने अठोटका साथ आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पाँचथरबाट स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता एल. बि. पालुङ्वा (लाखबहादुर) ले प्रतिवद्धता सार्वजनिक गरेका छन् । 

मंसिर ४ गते हुने प्रतिनिधिसभामा चुनाव चिन्ह ‘मौरी’ लिएर स्वतन्त्र उम्मेद्वारी दिएका पालुङ्वाले आफ्नो १२ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् । 

उनले सार्वजनिक गरेको प्रतिबद्धतामा भनिएको छ गुणस्तरीय शिक्षा र स्वास्थ्य गाउँ गाउँमा पुर्याउँदै बसाई सराई समस्यालाई समाधान गर्ने,  साप्तहिक रनिङ्ग हेल्थ क्लिनिक गाउंको वडा वडामा सञ्चालन गरी स्वास्थ्य सुविधा प्रदान गर्न, माध्यमिक विद्यालयका शिक्षक र विधार्थीहरुलाई राजनैकि दलहरुको हस्तक्षेपबाट रोक्ने, अंग्रेजी, नेपाली र मातृभाषा तिनै भाषाको शिक्षण सिकाई भाषा सरकारी विद्यालयहरुमा व्यावस्थापन गर्ने, पाँचथरको रैथाने उत्पादनहरु कृषिजन्य तरकारी, फलफुल, नगदे, अलौची र परम्परागत आदिवासी ज्ञान, सीप र संस्कृतिमा आधारित उत्पादनआदिको उत्पादन, प्रर्वद्धन, ब्रान्डिङ र बजार व्यावस्थापन गर्दै आय आर्जन गरी स्वरोजगार र ग्रामीण अर्थतन्त्रलाई मजबुद बनाउने, खोला नाला, नदीमा माछा मार्न, बिष, ब्लाण्टिङ्ग र करेण्टलाई शासक्त ढंगले रोक्दै जैविक विविधता र प्रयावरणीय क्षतिबाट प्रकृतिलाई बचाउने छन् । 

त्यसैगरी पाँचथरको फेदेन बजारलाई शिक्षा र स्वास्थ्यको केन्द्र (ह) बनाउने,  पाँचथर क्याम्पसलाई त्रि.वि.को आंगिक क्याम्पसमा रुपान्तरण गर्दै भविश्यमा अन्य जिल्लाहरुको समेत केन्द्र बिन्दु हुने गरी एक विश्वविद्यालय र एक मेडिकल टिचिङ्ग हस्पिटल स्थापना गर्न पहल कदमी लिने, ८ पाँथरको ऐतिहासिक, सांस्कृतिक र पुरातात्तिक धरोहर तथा सम्पदालाई पुर्नजागरण र पुनस्थापित गर्दै पर्यटन विकासलाई जोड दिने, जिल्लाको सबै स्थानिय तह र केन्द्रसम्म कालोपत्रे सड़क तथा वडा केन्द्रसम्म बाह्रै महिना संचालन हुन सक्ने सडक निर्माण तथा मर्मत सम्भारलाई अनिवार्य कार्यान्वय गर्ने गराउने, याक्थुङ्ग समुदायको साझा संस्था किरात याक्थुङ्ग चुम्लुङ्ग र थरगत याक्थुङ्ग (लिम्बु) सहजिकरण समुहले उठाएका महत्वपूर्ण सवालहरुलाई सम्बोधन तथा कार्यन्वयन गर्न गराउने । नेपालको संविधान ०७८ को धारा ५६ (५) बमोजित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यावस्थालाई कार्यान्वयन गर्दै संघीय शासन व्यावस्थापनलाई मजबुद बनाउने र संघीयताको भावना र मर्मलाई आत्मासाथ गर्दै प्रदेश नं. १ को नामाङ्कन पहिचानको आधारमा स्थापित गर्ने गराउनेलगायतका छन् ।

राजनैतिक दलहरुको वेथिति, बिसंगति भ्रष्ट्राचर, भागवण्डा, गुटबन्दी, सिण्डिकेट इनबाद धनवाद, कालाबजारी र बिचौलियाहरुको दल–दलबाट निकाल्न युवा जमातलाई समाज, राष्ट्र र राजनीतिमा आकर्षित गर्नु पर्ने नेता पालुङ्वाको भनाई छ । 

स्वतन्त्रता माथि दलिय हस्तक्षेपलाई सुधार गर्न, राजनैतिक दलहरूबाट उठाउन नसकेका र नमिल्ने तर जनताको आम सरोकार तथा विषय वस्तुहरुलाई उजागर गर्ने उदेश्यले आफुले उम्म्द्वारी दिएको बताएका छन् । 

lbg