बिर्तामोड । 

झापा २ अन्तर्गत प्रदेश १ का एमाले उमेदवार एकराज कार्कीले आफू अध्यक्ष रहेको खानेपानी सस्थामा कार्यरत एकजना कर्मचारीले तलब माग्दा प्रहरी कार्यालयमा थुनाएका छन् । 

कार्की यसअघि सोही प्रदेशबाट निर्वाचित प्रदश सांसद हुन् । सांसदले कुनैपनि उपभोक्ता समितिमा बस्न नपाउने भएपनि खानेपानी लगायत अरु थुप्रै समितिमा रहेका कार्कीले आफ्नै भोटर रहेका तेजमणि (कमल) खरेल नाम गरेका प्राविधिक कर्मचारीले तलब माग्दा इलाका  प्रहरी कार्यालय बिर्तामोडमा थुनाएको पाइएको छ।

खरेल सो खानेपानी संस्था स्थापना हुँदादेखि नै कार्यरत रहेका थिए । विगत ११ वर्षदेखि बिहिसाब काम गरिरहेका खरेलले तलब माग्दा सांसद पदका उमेदवार एकराज कार्कीले आफुलाई एकरात थुनाएको बताए । उनले भने, मैले स्थापनाकालदेखि नै यहाँ काम गरिरहेको छु तर आजसम्म तलब पाएको छैन । र, पछिल्लोपटक एउटा भेलामा मैले मेरो गुनासो राख्दा र तलब माग्दा उल्टै थुनाइयो । 

आफुलाई बिर्तामोडका डिएसपीलाई भनेर  यसले धेरै बकबक गर्यो । चुनाव भरी थुन्नु होला भनेर प्रहरीलाई जिम्मा लगाएको उनले बताए । एक भिडिओ मार्फत आफ्नो सन्देश सार्वजनिक गर्दै खरेलले सो कुरा बाहिर ल्याएपछि तरङ पैदा भएको छ । उनले खानेपानीको बजेट र अरु हिसाब किताबमा पनि कार्कीले तलमाथी गरेको स्प्रस्ट गरेका छन्। उनले सार्वजनिक गरेको भिडियो सुरक्षित रहेको छ ।