झापा ।
लामो समय नेकपा एमालेमा आस्थावान अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीका पूर्व सचिव अभिषेक खतिवडाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं.३ का मतदातालाई अपिल गरेका छन् ।
गत असोज ३१ गतेबाट क्षेत्र नं.३ मा एमालेले राप्रपासँग चुनावी तालमेल गरेर गल्ती गरेको भन्दै तालमेलले तयार गरेको चुनावी तालमेल कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै उनले स्वतन्त्र रहने घोषणा गरेका थिए । उनीसँगै अनेरास्ववियुका अध्यक्ष विजय राई, राष्ट्रिय युवा संघका अध्यक्ष अनिल मेचे र सचिव मनोज सुवेदीले समेत स्वतन्त्र रहने संयुक्त रुपमा घोषण गरेका थिए । पार्टीमा आवद्ध हुनु अघि खतिवडा उक्त क्षेत्रमा एक सामाजिक कार्यमा अब्बल युवाका रुपमा स्थापित भईसकेका ब्यक्ति हुन् ।
उनले यसअघि सामाजिक कार्यबाट शुरु गरेको रुपान्तरण र परिवर्तनको अभियानमा पार्टी, सङ्गठन, टिमवर्कसँगै जोडिदै आएर झापाको क्षेत्र नं.३ र आफ्नो पालिका हल्दिबारीको हकहित, उन्नति प्रगतिको बिषयमा केन्द्रित भएर केही सोच्न अनि मतदातालाई केही प्रश्नको उत्तर खोज्नलाई आम मतदाता र सचेत नागरिकमा गहिरेर अध्ययन गर्न आफ्ना अपिल सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
खतिवडाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना ११ बुँदे अपिल सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको अपिलमा पटक–पटक निर्वाचन जितेका उम्मेद्वारले उक्त क्षेत्रमा गरेका विकास कार्यलाई हेरेर मतदान गर्न अपिल गरेका छन् ।
क्षेत्र नं–३ लाई बिकास गर्ने परिवर्तन गर्ने र नुमना क्षेत्र बनाउने आश्वसन दिने तर, कार्य नगर्ने उम्मेद्वारलाई भोट दिनु अघि सोचेर मात्र मतदान गर्न सवैलाई आग्रह गरेका छन् । खतिवडाले मतदातालाई आफ्नो अनुहार ऐनामा नहेरे पनि आफ्नो छोराछोरीको भविश्य हेरेर र सोचेर मतदान गर्न आग्रह गरेका छन् । उनले आफु र आफु जस्ता कैयौं उक्त क्षेत्रका युवाहरुलाई पासपोर्ट पेसेर बिदेश जाने वातावरणको अन्त्य गर्ने प्रयासका लागि सोचेर मतदान गर्न समेत अपिल गरेका छन् ।