झापा ।
नेकपा एमाले परित्याग गरेर झापा क्षेत्र नं. ३ बाट स्वतन्त्र प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दिएका डम्बरबहादुर गिरीले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारी दिएका गिरीले सामाजिक सञ्जालबाट २५ बुँदे प्रतिबद्धता सार्जजनिक गरेका हुन् ।
२५ बुदे प्रतिबद्धता प्रस्तुत गर्दै गिरीले प्रतिबद्धता अध्ययन गरेर यस पटक सबैले सूर्यमुखि फूलमा मतदान गर्न आग्रहसमेत गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको प्रतिवद्धतामा केही कुरा फेरबदल गरेर चाँडै मतदाता समक्ष आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने योजना रहेको बताए । सवै मतदाताले यसपटक नयाँ अनुहारको खोजी गरेकोले पनि आफ्नो जित सुश्चित रहेको उनको भनाई छ ।
उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको प्रतिबद्धतामा भनिएको छ बन्द भएको मोमेन्ट ग्रामेन्ड सञ्चालनका लागि सहजीकरण गर्ने, मेची प्रादेशिक अस्पताल सुविधा सम्पन्न बनाउदै, मेडिकल कलेज बनाउन पहल गर्ने, मेची बहुमुखी क्याम्पसलाई समय सान्दर्भिक तरिकाले सबै बिषयको अध्यन गर्ने ब्यवस्था मिलाउने, मेची रंशालालाई सुविधा सम्पन्न बनाउदै स्तर उन्नती गर्दै कचनकवलको बनियानीमा समेत सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने, निर्माण कार्यमा रहेको जिपि भवनको अधुरो काम सम्पन्न गर्दै, संचालनमा ल्याउने, भद्रपुर भञ्सार स्तर उन्नती गर्दै नेपालको महत्वपूर्ण भञ्सारको रुपमा विकास गरी संचालन गर्ने, पाठामारी र केचनाबाट पनि भञ्सार खुलाउने ब्यबस्था मिलाउने, हजारौं युवाहरूलाई रोजगारसँग जोड्ने छन् ।
त्यस्तै भद्रपुर नगर झापा क्षेत्र न.३ को नमुना र सुबिधा सम्पन्न शहर बनाउने, कचनकवल, हल्दिबारी र बाह्रादशी पालिकालाई कृषिजोनको रुपमा विकास गर्ने, जलथल जङ्गललाई खुल्ला चिडियाखाना, किच्कबद्यलाई धार्मिक पार्क र नेपालको होचो केचनालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र भेलागडीलाई पिक्निक स्पोर्टको रुपमा विकास गर्दै, हजारौं स्थानीय युवाहरुलाई रोजगारसँग जोड्ने, सबै सामुदायिक बिद्यालयमा व्यवहारिक समसामयिक, नैतिक र जीविकोपार्जन अनुकूल शिक्षाको विकास गर्ने, सवै वडामा, फार्मेसी, ल्याबसहितको सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निमार्ण र एम्बुलेन्स सेवा समेतको ब्यबस्थापन गर्ने, कृषकलाई उचित मुल्य प्रदान हुने ब्यवस्था मिलाउनेलगायत २५ बुँदे प्रतिवद्धता गिरीले सार्वजनिक गरेका छन् ।