• राजु बराल 

चन्द्रगढी ।

देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा बाल कवि गोष्ठी सम्पन्न भएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्म जयन्तीका अवसरमा भद्रपुर ९ को देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा शनिबार(आज) उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो बाल कविता प्रतियोगितामा पुहातु जनज्योती माबिका झरना खनाल र निकास तिम्सिना पहिलो र दोस्रो भएका छन भने देवकोटा बाल क्लबका अनुस्का भट्टराई तेस्रो  र वसन्त प्रगति बाल क्लबका श्रद्धा रेग्मी सान्त्वना भएका छन् ।

बाल कविता प्रतियोगिताको पुरस्कार महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्म जयन्तीका दिन आगामी कार्तिक ७ गते देवकोटा चोकमा महाकवी देवकोटाको पुनः निर्मित सालिक अनावरण र श्रस्टा सम्मान कार्यक्रममा प्रदान गरिने कार्यक्रम रहेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए ।

समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि लता खरेल, प्रकाश एकता कृषि  सहकारी सस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, जीवन ज्योती आधारभुत बिध्यालयका प्रधानाध्यापक निर्मला पौडेल, पुहातु जनज्योती माबिका शिक्षक भगिरथ नेपाल  र वसन्त प्रगति टोल बिकास सस्थाका अध्यक्ष टेकबहादुर रोक्काले शुभकामना मन्तब्य राखेका थिए । 

देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले सञ्चालन गरेको कार्यक्रममा  उपाध्यक्ष खड्गप्रसाद दाहालले स्वागत र सफलता फुयाल र रुक्मिणि ढकालले अप्रतियोगी कविता वाचन गरेका थिए ।