अर्जुनधारा ।
निर्वाचनको समय एक महिना बाँकी रहँदा उम्मेद्वारहरु कार्यकर्ता भेटघाट कार्यक्रममा ब्यस्त छन् । निर्वाचन आयोगले १७ दिन अघिबाट मात्र ठूला आमसभा लगायतका कार्यक्रम गर्न पाउने भनेपछि उम्मेद्वारहरुकार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा ब्यस्त भएका हुन् ।
सोही क्रममा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वाहरुले अर्जुनधारा नगरपालिका वडा नं ९ र १० मा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।
वडा नं –९ को गार्गी भवन र अर्जुनधारा–१० सालबाडीमा कोणसभा एवं कार्यकर्ता कार्यक्रम सम्पन्न भएको छ। नेकपा (माओवादीकेन्द्र) का पोलिटब्युरो सदस्य धर्मशिला चापागाईको प्रमुख आतिथ्य र नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीयवासीले उम्मेद्वारसँग वडामा समस्याहरु राखेका थिए ।
झापा क्षेत्र नं–२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार रानाले मुलुकको विकास र जनताको समृद्धिका लागि गठबन्धनको विकल्प नभएको बताउँदै गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन जनतासमक्ष अपिल गरेका छन् ।
कार्यक्रममा झापा क्षेत्र नं–प्रदेश ख का उम्मेद्वार खगेन्द्र मैनालीले झापा यस क्षेत्रको विकास र समृद्धिका लागि आफूहरुसँग स्पष्ट योजना रहेको बताउँदै जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गरे ।
लिलाराज पौडेलको सभापतित्वमा अर्जुनधारा–९ गार्गी भवनमा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेद्वारहरु लक्ष्मी न्यौपाने सरु र पम्फा विक, मदन बुढाथोकी लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत केदार ढुङ्गेलगरेका थिए ।