सुरुङुगा । 

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार देउमान थेवेले यसअघि जितेर गएका सांसदले गाउँ घरमा विकासको खासै काम नगरेको आरोप लगाएका छन् । 

२०७४ सालमा भएको संघ र प्रदेशको निर्वाचनमा बिजयी बनेका सांसदहरुले बिकास निर्माणका कार्य नगरेको उनले आरोप लगाएका हुन् । 

‘म निर्वाचनमा पराजित भएर पनि झापा क्षेत्र नं. ४ मा रहेका ठूला नदिहरुको नियन्त्रणका लागि ३ करोड बजेट ल्याएर नदि नियन्त्रण गर्न सहयोग गरेको छु’ नेता थेवेले भने ‘त्यस्तै शिक्षा क्षेत्रको बिकासका लागि १८ वटा बिद्यालयलाई २२ लाख ५० हजारदेखि ७५ लाख रुपैयाँसम्मको बजेट छुट्याउने वाताबरण मिलाएको छु ।’ उनका अनुसार कनकाई नगरका ६ वटा, शिवसताक्षीका नगरका ९ वटा र अन्य पालिका गरी १८ वटा बिद्यालय रहेका छन् ।   

झापा गाउँपालिकाको तुलनामा अन्य पालिकाहरुमा बिकासको गति एकदमै कम भएको उनले बताए । झापा गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचन र यस पटक पनि कांग्रेसकै जनप्रतिनिधिले जितेका कारण पनि विकासको गति उच्च रहेको बताउँदै नेता थेवेले अवका २ बर्षपछि झापा गाउँपालिकामा जनप्रनिधिले काम गर्ने ठाउँ नै नहुने गरी बिकास कार्य भएको बताए । 

नेता थेबेले आफुले जितेर गए बिकासको लागि बजेट कहाँबाट ल्याउने त्यसको मुहान राम्ररी थाहा भएको बताएका छन् ।