झापा ।
पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता एलबी पालुङ्वाले राजनीतिक दलहरुले जनताको कुराहरु सम्रग हिसावमा नउठाएका कारण उनको उम्मेद्वारी रहेको बताएका छन् ।
नेता पालुङ्वाले राजनीतिक दलभित्र युवा शक्तिलाई नेतृत्व विकास गर्न नदिएको साथै शक्ति सत्ताको लागि कृत्रिम गठबन्धन गरेर जनताको कुरा उठाउन नसकेका कारण आफुले उम्मेद्वारी दिएको बताएका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफु बिजयी भए पाँचथरको ठूलो समस्याका रुपमा देखिएको बसाईसराईलाई कम गर्ने उनको भनाई छ । उनले शिक्षा तथा स्वास्थ्य सुविधाका लागि पहाडबाट तराई बसाईसराई धेरै हुने गरेको बताएका छन् ।
निर्वाचनमा जित हासिल गर्न सके गाउँगाउँमा शिक्षा र स्वास्थ्य पहुँच पुर्याएर बसाई सराईमा कमी ल्याउने प्रतिवद्धता समेत गरेका छन् ।