झापा। 

झापाको क्षेत्र नं. ४ मा एमाले र राप्रपाले प्रचार अभियान तिब्र बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेद्वार एलपी सावाँ  तथा राप्रपाका प्रदेश (ख) उम्मेद्बार  भक्तिप्रसाद सिटौलाले घरदैलो अभियानलाई तिब्र पारेका हुन् ।

 घरदैलो कार्यक्रम झापा गाउँपालिकामा रहेका भाम टोली, चर्तागाछी, कामाटोली बजार, नयाँ टोला, खयरबारी, बासबारी, सर्णामती लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य केशव कार्कीले बताए ।

असोज ३० बाट सुरु भएको घरदैलो अभियान कार्तिक १४ सम्म चल्ने तालिका रहेको बताइएको छ । राप्रपा र एमालेलेको तालमेल रहेको यस क्षेत्रमा रहेका सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका समस्याहरुलाई समानान्तर तवरले सम्बोधन गर्ने नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

सुरुंगा हुँदै झापा गाउँ पालिका जोड्ने सडक निर्माणक्रममा रहेको यस क्षेत्रलाई  हुलाकी राजमार्गले समेत जोडेको छ । हुलाकी सडक अन्तर्गत जोडिने गौरिगन्ज देखि भद्रपुर सम्मको सडक खण्डको अधिकांश कार्य सम्पन्न भइसकेको भएता पनि कन्काई र बिरिङमा पुल निर्माण हुन नसक्दा यस क्षेत्रका स्थानीयले सास्ती भोग्दै आएका छन् ।