बिर्तामोड/अर्जुनधारा ।
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेद्वारसहितको टोलीले मंगलबार (आज) अर्जुनधारा वडा नं.१० र बिर्तामोड १, २ र ३ मा घरदैलो कार्यक्रमसहित अगुवा कार्यकर्ता भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
लोकतान्त्रिक बाम–गठबन्धन झापा क्षेत्र नं. २ का उम्मेद्वार हरिकुमार राना र प्रदेशसभा (क) पदका उम्मेद्वार पुष्पराज पोखरेललेसहित निर्वाचन परिचालन समितिको टोलीले बिर्तामोड र उम्मेद्वार राना र प्रदेश (ख) का प्रदेशसभा सदस्य पदका उम्मेद्वार खगेन्द्र मैनालीसहितको निर्वाचन परिचालन समितिले अर्जुनधारामा घरदैलो तथा अगुवा कार्यकर्ता भेटघाट र परिचात्मक कार्यक्रम गरेको हो ।
कार्यक्रममा निर्वाचन परिचालन समितिको टोलीसहित जिल्ला नेता तथा कार्यकर्ताको बाक्लो सहभागीता रहेको थियो ।