अर्जुनधारा ।
नेपाली कांग्रेसका प्रदेश १ का सभापति उद्धव थापाले झापा क्षेत्र नं. २ को लागि विकास र जनभावना बुझ्ने उम्मेद्वार लिएर आएको बताएका छन् ।
चुनाव प्रचार अभियानका क्रममा सोमबार (आज) अर्जुनधाराको सिस्नेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. २ को जनताको मर्म र गर्नुपर्ने विकास गठबन्धनका उम्मेद्वार हरिकुमार रानाले बुझेको भएकाले बिजयी गराउन आग्रह गरे ।
मुलुकमा समग्र नेपालीहरुको विकास र उन्नतिका लागि लोकतन्त्रलाई स्थायीत्व र संविधानलाई पूर्णताबाट नै जनताको विकास हुने हो त्यसैले लोकतन्त्रको रक्षाको लागि लोकतान्त्रिक बाम एकता आवश्यक भएको हुँदा रानालाई उम्मेद्वार बनाइए उनको भनाइृ थियो ।
जनप्रतिनिधि हुँदै जनताको विश्वास जितेका प्रतिनिधि सभाका उम्ेद्वार राना बिजयी भए समग्र २ नम्बर क्षेत्रबासीकै जीत हुने उनले बताए ।
चुनावी सभामा प्रतिनिधि सभाका उम्मेद्वार हरिकुमार राना, क्षेत्र नं. २ ‘ख’ प्रदेश सभा सदस्यका उम्मेद्वार खगेन्द्र मैनाली, नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटी, नेता सरीता प्रसाईं, पम्फा विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सल्लाहकार मनकुमार तामाङ लगायतकोसहचागीता रहेको थियो ।