शिवसताक्षी । 

झापा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी कार्यक्रमलाई आक्रमक रुपमा अगाडि बढाएको छ । नेपाली काग्रेसका सभापति समेत रहेका देउमान थेबे प्रतिनिधिसभाका उमेरद्वार रहेका छ्न् भने प्रदेश १ का कृषि मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र ) केन्द्रिय सदस्य झलकसिंह दर्लामी झापा ४ को प्रदेश १ का उम्मेद्बारी रहेका छन् ।

सोमवार (आज) शिबसताक्षी ४ र ५ वडाको घरदैलो कार्यक्रमपछि ब्लु चोक बजारमा आयोजित कोणसभाबमा बोल्दै थेबेले नेपाली जनताले दिइएको जनमत केपी ओलीले  लत्यार्इ  पटकपटक ससदको हत्या गर्ने असफल प्रयास गरेको र जनताको आन्दोलनको बलमा ससद पुनःस्थापन गरि अहिले निर्वाचनमा आएको बताए । 

बिकास र समृद्धि बोलेर होइन काम गरेर देखाउन गठबन्धन (बाम लोकतान्त्रिक) लाई  भोट दिन आग्रह समेत गरे । ‘तपाईंहरु हामीलाई भोट दिनुहोस्, हामी समृद्धि दिन्छौ ।’ थेवेले भने ।  

प्रदेश १ का कृषि मन्त्री तथा प्रदेश १ का उम्मेद्वार  झलक सिंह दर्लामीले जब देशमा संकट पर्छ कांग्रेस र कम्युनिष्टहरुले नै देशको रक्षा गरेको बताए । उनले भने २००७, २०३६, २०४६ र २०६२÷६३ को परिवर्तनको आन्दोलनमा  नेतृत्व कर्ताहरुको गठबन्धन भएको बताए । ‘यो गठबन्धन संविधान ,प्राप्त उपलब्धिको रक्षा गर्न भएको हो’ दर्लामी भने ‘हामीले ब्यवस्था परिवर्तन गर्यौ, अव अवस्था परिवर्तन गर्ने जिम्मा हाम्रो काँधमा आएको छ ।’ 

दर्लामीले बिगतमा जनप्रतिनिधि हुँदा नदि तटबन्धन, शिक्षा सुधार, सिचार्इ, बाटो कालोपत्र, हाटबजार, सामुदायिक भवन, ड्रयर मेसिन, बिद्युत, मल उद्योग, पुलमा आफुले बजेट ल्याउन सफल भएको र बाँकी रहेका अधुरा काम सम्पन्न गर्न गठबन्धनलाई भोट हाल्न आग्रह समेत गरे। 

झापा निर्वाचन क्षेत्र ४ मा बाम लोकतान्त्रिक पार्टीको बिजय सुनिश्चित रहेको गठबन्धनका चुनाव प्रचार प्रसार समितिका सह–संयोजक महेन्द्र भट्टराईले जानकारी दिए ।