लक्ष्मीपुर ।
बिर्तामोड । झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार राना र प्रदेश (क) प्रदेशसभा सदस्य पदका उम्मेद्वार पुष्पराज पोखरेलले परिचात्मक तथा अगुवा कार्यकर्ता भेटघाट गरेका छन् ।
लोकतान्तिक बाम गठबन्धनको चुनाव प्रचारप्रसार समितिको टोलीसहितका उम्मेद्वारले आइतवार (आज) कनकाई नगरपालिका ८ र ९ का अगुवा कार्यकर्तासँग परिचय र भेटघाट गरेका हुन् ।
प्रतिनिधि तथा प्रदेशसभा (क) को चुनाव प्रचारप्रसार समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटी, नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु), प्रदेश कमिटी सदस्य ज्योतिसिंह दर्लामी, बासु दुलाल, निर्वाचन परिचालन समितिका सह–संयोजक मोहन सुब्वा, श्रीप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गरेका थिए ।