सुरुङ्गा ।
झापा क्षेत्र नम्बर ४ का गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले आफु सत्ता र सांसदको भुमिकामा नहुँदा समेत सत्तामा रहने भन्दा दोब्बर काम गरेको दावी गरेका छन् ।
शनिवार (आज) गठबन्धन दलको प्रचार प्रसार तथा घरदैलो कार्यक्रमको कनकाईमा उदघाटन गर्दै थेबेले कनकाई ३ को रोडपारिको क्षेत्रमा मात्रै आफ्नै पहलमा इलाका प्रहरी कार्यालयको भवनका लागि बजेट परेको सुधिर मार्गको स्तर उन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँयाँ बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्ध देखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गरिदिएको बताएका हुन् ।
थेबेले कनकाई ३ सुरुङ्गास्थित पाथिभरा देविको मन्दिरमा वाचा गर्दै आफ्नो घोषणापत्र प्रस्तुत गरेका थिए । थेबेले आफुले नजित्दा समेत गरेका विकासको फेरिहस्त प्रस्तुत गर्दै जिताउँदा विकासको मुहान फुटाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी , सयुक्त प्रचार समितिका संयोजक जयनारायण शाह, लगायातको कार्यक्रममा आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई २ का सभापति बुद्धिमान बोहोराले गरेका थिए ।
गठबन्धन दलको तर्फबाट १ र २ नम्बर वार्डमा शनिवार र आइतवार घरदैलो अभियान जारी रहने प्रचार समितिका मनोज बस्नेतले बताए । शनिवार थेबले कनकाई १ र २ का आधा दर्जन स्थानमा कोणसभाको आयोजना गरेका छन् ।