झापा ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापाबाट जन्मेको एमालेले राजावादीलाई बोकेको आरोप लगाएका छन् । नेता सिटौलाले उनले जनआन्दोलनहरुमा राजतन्त्र पक्षधरले झापामा ठूला दमन गर्दा कांग्रेसभन्दा बढी एमाले शिकार भएको विगत कोट्याउँदै नेतृत्वले फेरि त्यही पक्षलाई बोक्नु अनुचित भएको टिप्पणी गरेका छन् ।
‘पार्टी जे भए पनि उहाँ राजेन्द्र लिङ्देनले राजतन्त्रको माग गरेर भोट पाएको होइन नेता सिटौलाले भने ‘उहाँलाई वाम गठबन्धनले जिताएको हो ।’ लिङ्देनलाई एमाले, माओवादीलगायतका शक्तिले भोट हालिदिए जितेको बताएका छन् । उनले लिङ्देनको मत त्यस्तो बढी नभएको बताउँदै भने ‘तर राजावादीलाई एमाले र माओवादीले किन विगतमा बोके, यो बुझिएको छैन ।’
उनले झापा क्षेत्र नं. ३ मा आफ्नो प्रतिस्पर्धामा एमाले नभएको बताउँदै तर यसपालि पनि एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको आरोप लगाएका छन् ।
मन्डलेबाट कांग्रेस भन्दा झनु धेरै एमालेले दमन भोगेको सिटौलाको भनाई थियो । ०४६ सालदेखि ०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भएको र दुई जनाले शहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती दोहोर्यायोकोमा आश्चर्य लागेको बताएका छन् । ‘यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्रवादी शक्तिलाई पटक पटक बोक्नु राम्रो होइन’ नेता सिटौलाले भने ।