झापा । 

पाँचचरबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता एलबी पालुङ्वाले मौरी चुनाव चिन्ह प्राप्त गरेका छन् । युवा नेता पालुङ्वालाई निर्वाचन अधिकृतको कार्यालयले बुधवार चुनावी चिन्ह मौरी प्रदान गरेको हो । 

स्वतन्त्र पदबाट युवा नेता पालुङ्वाले उम्मेद्वारी दिएका छन् भने गठबन्धनका तर्फबाट भिष्मराज आङ्देम्बे र नेकपा एमालेबाट बसन्तकुमार नेम्वाङले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् । चुनाव चिन्ह प्राप्त गरेसँगै नेता पालुङ्वा मतदाताको घरदैलोमा भोट माग्न जाने बताए । 

नेता पालुङ्वाले जीवनको अन्तिम खालखण्डसम्म पनि पाँचथरे जनताको सेवामा लागिरहने बताउदै पाँचथरबाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेद्वारी दिएका हुन् ।  

युवा नेता पालुङ्वा केही समय अघिदेखि पाँचथरमा चुनावी प्रचार–प्रसारलाई तिब्र बनाउँदै आएका छन् । उनले हिजो (बुधबार) चुनाव चिन्ह प्राप्त गरेको जनाए । पाँचथरबाट स्वतन्त्र उम्मेद्वारी दिन लागेका युवा नेता पालुङ्वा शैक्षिक रुपमा योग्य र अब्बल युवा नेताका रुपमा परिचित रहेका छन् ।