शिवसताक्षी । 

झापा क्षेत्र नम्बर ४ अन्तरगत शिवसताक्षी नगरमा गठबन्धनका दलले दुईहजार पाँच सय ५१ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति निर्माण गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उम्मेद्वारलाई बिजयी गराउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एस) ले संयुक्त निर्वाचन परिचालन समिति गठन गरी बुधवारआज) एक कार्यक्रमका बिच घोषणा गरेको हो ।

 निर्वाचन परिचालन समितिको संयोजकमा अशोक बस्नेत र सह–सयोजकमा महेन्द्र भट्टराई रहेको आज शिबसताक्षीमा आयोजित कार्यक्रममा निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति घोषणासहित बिभिन्न उपसमिति निर्माण गरिएको सह–संयोजक भट्टराईले जानकारी दिए ।  

 युवाको उपसमितिको संयोजकमा राजिब नाल्बो र सह–संयोजकमा भुवन राई,  महिलाको संयोजकमा लोचना लावाती र सह–संयोजकमा संगिता राय, बिद्यार्थीको संयोजकमा  उजेन तामाङ र सह–संयोजकमा बिरेन्द्र बस्नेत किसान मजदुरको संयोजकमा  मिलनकुमार राई सह–संयोजकमा डम्बर पोयाम्बो, भुपु सैनिक,प्रहरी, निजामती, कर्मचारी ,शिक्षक संयोजकमा उमानाथ दाहाल सह–संयोजक रामजी कार्की, अमर आङदेम्बे रहेका छन् । 

त्यसैगरी सामाजिक सन्जाल संयोजकमा सूर्य प्रकाश योङा, सह–संयोजकमा सन्जय राई, कार्यकर्ता जिज्ञासा सम्बोधन संयोजकमा  पर्शुराम ढुंगाना र सह–संयोजकमा बजगाई  रहेका छन् । 

त्यस्तै झापा निर्वाचन क्षेत्र ४ प्रदेश १ को निर्वाचन सम्पर्क कार्यलय समेत दुधेमा आजबाट सञ्चालन गरिएको जनाइएको छ । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्बार देवमान थेबे,  प्रदेश १ का उम्मेद्बार झलकसिंह दर्लामी,  माओवादी केन्द्रका नेता कल्पना कार्की, रामबहादुर राई, नेपाली काग्रेसका नेता  पर्शुराम ढुङाना, भक्ति  सिटौला, सन्तोष मेन्याबो, उमानाथ दाहाल, कमल भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता अशोक बस्नेत, स्वागत महेन्द्र भट्टराई र सन्चालन होम दुलालले गरेका थिए ।