झापा । 

झापा क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार डम्बरबहादुर गिरीले सूर्यमुखीको फूल चुनाब चिन्ह पाएका छन् । उनलाई बुधवार (आज) निर्वाचन अधिकृतको कार्यालयबाट चुनाब चिन्ह प्राप्त भएको हो ।

चुनाब चिह्न पाएसँगै घरदैलो अभियानमा तिब्रता दिईने गिरीले बताए । उनले भने ‘चुनाब चिन्ह पाईयो, अब चुनावी घरदैलोमा लागिन्छ।’ यस पटकको प्रतिनिधिसभा निर्वाचनका लागि गिरी एक नयाँ र शसक्त उम्मेदवार हुन् ।

कृष्णप्रसाद सिटौला पटक–पटक सांसद बने सकेका छन् भने राजेन्द्र लिङ्देन पनि दुई पटक प्रतिस्पर्धा गरेसकेका ब्यक्ति हुन् ।