झापा । 

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पाँचथरबाट एलबी पालुङ्वाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।  युवा नेता पालुङ्वाले स्वतन्त्रबाट पाँचथरबाट आइतवार प्रतिनिधिसभा सदस्यका पदका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएको जानकारी दिएका हुन् । 

युवा नेता पालुङ्वा, गठबन्धनका तर्फबाट भिष्मराज आङ्देम्बे, नेकपा एमालेबाट बसन्तकुमार नेम्वाङसहित प्रतिनिधिसभा सदस्य पदका लागि १५ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएको पालुङ्वाले जानकारी दिए । 

नेता पालुङ्वाले जीवनको अन्तिम खालखण्डसम्म पनि पाँचथरे जनताको सेवामा लागिरहने बताउदै पाँचथरबाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेद्वारी दिएको बताएका छन् । 

युवा नेता पालुङ्वा केही समय अघिदेखि पाँचथरमा चुनावी प्रचार–प्रसारलाई तिब्र बनाउँदै आएका छन् । उनले आज चुनाव चिन्ह प्राप्त गर्ने जनाएका छन् । पाँचथरबाट स्वतन्त्र उम्मेद्वारी दिन लागेका युवा नेता पालुङ्वा शैक्षिक रुपमा योग्य र अब्बल युवा नेताका रुपमा परिचित रहेका छन् ।