सुरुङ्गा। 

नेपाली काङ्ग्रेस झापाका सभापति तथा  झापा क्षेत्र न ४  प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार देउकुमार थेबेले उत्साहका साथ निर्वाचन केन्द्रिय कार्यक्रममा लाग्न गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुलार्इ आग्रह गरेका छन् ।  

झापा क्षेत्र नम्बर–४ को कनकार्इमा आयोजित गठबन्धन दलका नेता–कार्यकर्ताको भेलालार्इ सम्बोधन गर्दै उनले  क्षेत्रको बिकासका योजना प्रस्तुत गरेका थिए । 

 समग्र झापा एवं क्षेत्र नम्बर–४ को बिकास निर्माणको खाका आफुहरुले बनाइसकेको बताउदै उनले झापा कनकाई  सुकेडागी हुँदै दानाबारी जोड्ने सडक निर्माण गर्ने, महाभारा दोमुखा लारुम्बा सडक निर्माण गर्ने, धार्मिक तथा पर्यटकिय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गरी पर्यटक भित्रयाउने, झापा कनकाई र शिवसताक्षीमा उद्योग स्थापना गर्न पहल गर्ने , शिवसताक्षीमा कृषिबिद्यालय स्थापना गर्ने, अन्तरास्ट्रिय रंगशाला निर्माण गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए । 

त्यसैगरी  कनकाई बिरिङ कमल बनयानी सन्का खोलालाई ब्यवस्थित तरिकाबाट तटबन्ध गरी जनताको जिउधनको रक्षा गर्ने लगायतका बिकासका योजना बताएका थिए । 

नेपाली काङ्ग्रेस ४ नम्बर क्षेत्रीय सभापति जयनारायण साहको सभापतित्वमा सप्पन्न कार्यक्रममा क्षेत्र नम्बर–४ प्रदेश क का प्रत्यासी उमेदवार नेकपा मावोबादी केन्द्रका पोलिट ब्युरो सदस्य झलकसिङ दर्लामी  सन्देश,  प्रदेस ख का प्रत्यासी उमेदवार काग्रेसका महाअधिबेसन प्रतिनिधि  एकराज उप्रेतीले पनि आ–आफ्नो प्रदेश क्षेत्रको बिकास योजनाका बिषयमा बताएका थिए। 

गठबन्धनमा आवद्ध कार्यकर्ताको भेलाले नेपाली काङ्ग्रेस झापा क्षेत्र न ४ का क्षेत्रीय सभापति जयनारायण साहको नेतृत्वमा सबै दलको  प्रतिनिधित्वमा ५००१ सदस्यीय निर्वाचन परिचालन एव प्रचार प्रसार समिति गठन गरेको जनाइएको छ ।