झापा  । 

झापामा रहेका ५ वटा निर्वाचन क्षेत्रका लागि दुई सय सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  प्रतिनिधिसभा सदस्य पदका लागि ५ र प्रदेशसभा सदस्यका पदका लागि १० जनाको लागि आइतवार मनोनयन दर्ताका लागि २०७ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको पाँच सदस्यका लागि १०१ र १० जना प्रदेशसभा सदस्यका लागि १०६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । झापा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा १६ जना, प्रदेश तर्फ १ को (क) मा ६ र (ख)  मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन्,  क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि २० जना,  प्रदेश तर्फ २ (क) र २ (ख) मा १०÷१० जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।

त्यसैगरी झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा १८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने भने  प्रदेश तर्फ ३ (क) मा ८ र ३ (ख) मा ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका २०, प्रदेशसभातर्फ ४ (क) मा १०, ४ (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभा तर्फ ५ (क) मा ११ र ५ (ख) मा १६ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।