बिर्तामोड । 

नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागिअग्नि खरेल र झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । 

 प्रदेश तर्फ क्षेत्र नं. १ (क) मा एमाले केन्द्रीय सदस्य रविन कोइराला र (ख) मा सविना बजगाईले उम्मेदवारी दर्ता गराएका छन् । बजगाई राप्रपाको उम्मेदवार हुन् । झापा १ मा एमाले र राप्रपाबीच चुनाबी तालमेल भएको छ । सोही अनुरुप प्रदेश (ख) राप्रपालाई एक सिट दिइएको जनाइएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ को (क) मा चिन्तन पाठक र (ख) मा एकराज कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।